देशभर ४०३ संक्रमित थपिए, थप ७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएकासहित नेपालमा कूल संक्रमित संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको हो।

सोमबार ५ सय ९४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमण मुक्त हुने कूल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

आज देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८ सय ८५ पुगेको छ।

आज देशभर ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय