नेपालसँग सीमा जोडिएको युपीमा भोलिदेखि खोप ट्रायल

भारतले कोभिड-१९ विरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै आमनागरिकमा लगाउने तयारी थालिएको छ। त्योमध्येको एक हो, नेपालको तराईका जिल्लासँग सीमा जोडिएको उत्तर प्रदेश (युपी)।

युपी स्वास्थ्य विभागका अतिरिक्त मुख्य सचिव मोहन प्रसादका अनुसार मंगलबारबाट खोपको ट्राइल हुँदैछ। त्यहाँका तीन सहरी क्षेत्र र तीन ग्रामीण क्षेत्रमा खोपको ट्रायल हुने भएको हो। भारतको नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) ले आइतबार मात्र दुईवटा खोपको आपतकालीन प्रयोग अनुमति दिएको थियो।

डिसिजिआईले सिरम इन्स्टिट्युटद्वारा भारतमा उत्पादित एस्ट्रेजेनेको ’कोभिशिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ नामक खोप आपतकालीन उपयोगका लागि अनुमति दिएको हो।

इकोनोमिक टाइम्सले उल्लेख गरे अनुसार खोप लगाइएकालाई २४ घन्टा कडा निगरानीमा राखिनेछ।

त्यसपश्चात राज्यका ७५ जिल्लामा खोप अभियानको तयारी छ। युपीका मुख्यमन्त्री योगी आदित्यनाथले माघ १ गतेबाट खोप लगाइने घोषणा गरिसकेका छन्।

त्यसका लागि ३ करोड १० लाख घर सर्वेक्षण गरिएको छ।

युपीमा कोरोनाबाट ८ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन्। सक्रिय संक्रमित १२ हजारभन्दा बढी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय