पिजीतर्फको पहिलो साझा प्रवेश परीक्षा सकियो, भोली रिजल्ट

वर्षौदेखिको वहस र प्रयासपछि इतिहासमै पहिलोपटक चिकित्सा शिक्षा तर्फको पोस्ट ग्राजुयसन (पिजी)तर्फको साझा प्रवेश परीक्षा सम्पन्न भएको छ ।

राष्ट्रिय चिकित्साशिक्षा ऐन अन्तर्गत गठित चिकित्सा शिक्षा आयोगले क्लिनिक, पब्लिक हेल्थ, फार्मेसी, नर्सिङलगायतका विभिन्न विषयका परीक्षा तीन दिन लगाएर पूरा गरेको हो ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले कुनै बाधा अवरोध र समस्यविनै परीक्षा सम्पन्न भएको बताए । आयोगले विभिन्न विषयकागरी ३ दिनसम्म परीक्षा गरेको थियो ।

नेपालमा डा. गोविन्द केसीले अनशनमार्फत् चिकित्सा शिक्षा सुधार अभियान चलाएपछि नै साझा प्रवेश परीक्षाको वहस सुरु भएको थियो ।

मेडिकल काउन्सिलले समेत त्यसको प्रयास गरेपनि अदालतमा मुद्दा परेपछि संभव भएको थिएन् ।

पछिल्लोपटक चिकित्साशिक्षा ऐन जारी भई आयोगसमेत गठन भएपछि यो संभव भएको हो ।

आयोगले आगामी शैक्षिक वर्षदेखि स्नातक तह –एमबिबिएसलगायत)को समेत साझा प्रवेश गरीक्षा लिने जनाएको छ ।

साझा प्रवेश परीक्षा नहुँदा विभिन्न ६ प्रतिष्ठान, मेडिकलतर्फका विभिन्न विषयमा सम्बन्धन दिएका विश्वविद्यालयहरुले छुट्टैछुट्टै प्रवेश परीक्ष लिन्थे ।

साझा प्रवेश परीक्षासँगै मेरिटका आधार विद्यार्थी आफूले पढ्न चाहेको विषय र संस्था रोज्न सक्छन् ।

डा. गिरीले कुनै प्राविधिक समस्य नआएको अवस्थामा मंगलबार नै नतिजा प्रकाशन गरिने जानकारी दिए ।

‘जतिसक्यो छिटो नतिजा ल्याउँन लागिरहेका छौं, पोलीसम्म रिजल्ट गर्न सकिन्छ भन्ने विश्वास छ’ उनले भने ।

पहिलो दिन शनिबार क्लिनिकल विषय, आइतबार पब्लिक हेल्थ र सोमबार फार्मेसीलगायतका विषयको परीक्षा लिएको थियो ।

पिजी तर्फका विभिन्न विषयमा १ हजार ५ सय ८२ सिटका लागि ७ हजार ६ सय ८२ परीक्षार्थी सहभागी प्रवेश परीक्षामा संलग्न थिए ।

पहिलो दिन क्लिनिकल विषयका लागि ६ हजार ३ सय २८ले २२ वटा केन्द्रबाट, दोस्रो दिन ४ सय ९० जना २ वटा केन्द्रबाट र तेस्रो दिन ८ सय ६४ परीक्षार्थीले ३ वटा केन्द्रबाट परीक्षा दिए ।

आयोगले कोरोना महामारीको बीचमा विभिन्न स्वास्थ्य मापदण्डसहित परीक्षा लिएको थियो । कोरोना पोजेटिभ देखिएका परीक्षार्थीको लागि समेत छुट्टै परीक्षा दिने व्यवस्था गरिएको थियो ।

यसअघि असोज २६, २७ र २८ गतेका लागि प्रवेश परीक्षा तोकिएको परीक्षाकै विषयमा ८ वटा छुट्टा छुट्टै रिट सर्वोच्च अदालतमा परेपछि तोकिएको समयमा हुन सकेको थिएन ।

गत महिना सर्बोच्चले रिट खारेज गरिदिएपछि आयोगले पछिल्लो मिति तोकेको थियो ।

कम्प्युटर विधिबाट परीक्षार्थीको कापी परीक्षण गरिने भएकोले प्राविधिक समस्य नआएर रिजल्ट ढिला नहुने आयोगको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय