निर्दयी बुवा : १३ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार, गर्भपतन गराउन अस्पताल लगे

पाँच महिनाको गर्भपतनका लागि अस्पताल लैजाँदा छोरी बलात्कारको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ५० वर्षीय पुरुषलाई शनिबार पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले  जानकारी दिए।

बलात्कारले गर्भ रहेपछि ति पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेपनि सफल नभएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगेका थिए। सोही क्रममा जबरजस्ती करणीको रहस्य खुलेको हो।

पक्राउ परेका पुरुषमाथि १३ वर्षीय छोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोप छ।

‘अस्पताल पुर्‍याउँदा किशोरीको अवस्था जटिल थियो,’ उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै एसपी थापाले भने, ‘सोधीखोजी गर्दा बुवाले नै करणी गरेको खुलेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो।’

अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेको एसपी थापाले बताए। ति पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाएको छ।

गर्भपतन गरेको किशोरीको डिएनए जाँचका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ति पुरुषले केही वर्षअघि पहिलो श्रीमतीले आत्महत्या गरेपछि दोस्रो विवाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय