‘एन्टिजेन’ पोजेटिभ देखिएकाको खोजी-खोजी उपचार गर्नु : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकाहरूको खोजी-खोजी उपचार गर्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएका संक्रमितको खोजी कार्य गर्न निर्देशन दिएका हुन्।

एन्टिजेन परीक्षण विधिबाट कोरोना परीक्षण गरी पोजेटिभ नतिजा आएकाहरूलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न अस्पताल तथा उपचार केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ।

‘एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिलाई संक्रमित मानी उनीहरूको खोज अनुसन्धान गनुहोस,’ डा. गौतमले भने, ‘उपचार गराउन कोरोना संकट व्यवस्थापन केन्द्र, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै अस्पतालहरूलाई मन्त्रालयले सो निर्देशन दिएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय