पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान भएका छन्।

पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान साढे ११ बजे दिल्ली गएका हुन्।

सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने बताइएको छ।

गत पुस १५ गते बिरामी बढेपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। आज उनलाई थप उपचारका लागि मुम्बई लगिएको हो।

सीता लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय