बालबालिकाले खाना खान मान्दैनन्, के गर्ने?

बालबालिकालाई जबरजस्ती खाना खुवाउँदा के हुन्छ?

बालबालिकालाई खाना खुवाउन आमाबा र अभिभावकलाई निकै हम्मेहम्मे पर्छ। बालबालिकालाई खाना खुवाउन निकै कसरत गर्नुपर्छ।

खाना खुवाउनका लागि विभिन्न प्रकारका आस देखाउनुपर्छ। ठाउँठाउँ डुलाइरहनुपर्छ।

बालबालिकाले सितिमिति खाना खान मन गर्दैनन्। खान नमान्दा अभिभावक जबरजस्ती खुवाउन बाध्य हुन्छन्।

बालबालिकालाई जबरजस्ती खाना खुवाउँदा समस्या हुनसक्छ।

खाना खान नमान्दा उनीहरूलाई कति भोक छ र जबरजस्ती खाना खुवाउँदा के फरक गर्छ यसबारे अभिभावक सचेत सतर्क हुन जरुरी हुुन्छ।

यस्तो अवस्थामा अभिभावकले उनीहरूको भोक र भावना बुझ्न जरुरी मानिन्छ।

बालबालिकालाई जबरजस्ती खाना खुवाउँदाका बेफाइदा?

बालबालिकालाई जबरजस्ती खाना खुवाउँदा रुने र वान्ता गर्ने गर्छन्। उनीहरूले अक्सर आफूलाई मन नपर्ने परिकार खुवाउँदा यस्तो व्यवहार देखाउँछन्।

केही अभिभावकले भोक नलाग्दा पनि खाना खुवाउन लागिपर्छन्, जसका कारण उनीहरूको भोक मर्नुका साथै खानाप्र्रति नकारात्मक भावना पैदा हुन्छ।

स्वस्थ सन्तुलित खाना खान आनाकानी गरे बच्चाहरूमा खानपानसम्बन्धी विभिन्न समस्याहरू आउन सक्छन्। जस्तै, कुपोषण हुने, मोटापन बढ्ने, कमजोर र दुब्लो पातलो हुने आदि।

जंकफुडको बढी प्रयोग गर्नाले अर्थात जबरजस्ती खाना खुवाउनुले बालबालिकामा खानाप्रति नकारात्मक भावना पैदा भई उमेरअनुसार खाना नखान सक्छन्।

बालबालिकालाई कसरी खुवाउने?

बिना कुनै जबरजस्ती बालबालिकालाई खाना खुुवाउनु छ भने अभिभावकले पनि उनीहरूसँगै खाना खानुपर्छ।

खाना खुवाउँदा अभिभावकले धैर्य अपनाउनु पर्छ। बालबालिकाको ध्यान खानामा केन्द्रित गर्ने प्रयास गनुपर्छ जसका कारण उनीहरू सजिलैसँग खानाका लागि राजी हुन्छन्।

खानाको सवालमा हरेका अभिभावकले आफ्ना सन्तानको रोल मोडल बन्नुपर्छ। यसका साथै खानाको परिकार र समय उनीहरूको इच्छामा तय गरिनुपर्छ। यसो गर्नाले बालबालिकामा खाना खाने बानीको विकास हुुन्छ।

बालबालिकालाई समय–समयका खाना खुवाउनुपर्छ र पौष्टिक तत्व आवश्यक पर्छ। यसको मतलब यो होइन कि हामीले उनीहरूको इच्छा विपरीत जबरजस्ती खाना खुवाउन लाग्नुपर्छ।

बालबालिकालाई स्वस्थ र तन्दुरुस्त राख्न जबरजस्ती खाना खुवाउँदै छौं भने यसले उनीहरूलाई गलत बाटोतर्फ लाग्न प्रेरित गर्छ, यसतर्फ अभिभावक सधैं चनाखो हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय