धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालको २५ लाख सहयोग

चितवनको भरतपुरमा निमार्णाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।

रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले फाउन्डेसनलाई २५ लाख प्रदान गरेका हुन्।

रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए।

फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको अभियानमा आफूहरू सहयोगी हातका रुपमा उभिन पाउँदा खुशी लागेको थापाले बताए।

‘यस अघि पनि सिताराम कट्टेल धुर्मुस जीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ।’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय