नेपालमा ४२१ संक्रमित थपिए, थप ६३७ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय २१ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ।

सोही अवधिमा ६ सय ३७ जना संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ।

हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा थप ८ जनाको ज्यान गएको छ। योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार ८ सय ७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय