शरीरका विषाक्त पदार्थ बाहिर फाल्न मद्दत गर्ने फलफूल

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १९ गते १४:४९

हामी आफ्नो खानपानमा ध्यान दिइरहेका हुन्छौं। तर, हामीले जुन किसिमको लाइफस्टाइल बाचिरहेका हुन्छौं र जुन तरिकाका खानेकुराको सेवन गरिरहेका हुन्छौं नजानिदो गरी आम्रो शरीरमा विषाक्त पदार्थ बनिरहेको हुन्छ।

शरीरका प्रत्यक अंगको आफ्नै खाले काम छ। ती अंगले आफ्नै तरीकाले काम गरिरहेका हुन्छन्। हाम्रो शरीरका मिर्गौला एवं लिभरले शरीरका विषाक्त र बेकार पदार्थलाई बाहिर फाल्ने काम गरिरहेका हुन्छन्।
तर, कतिपय अवस्थामा हामी आफैले यी काम गर्नुपर्ने हुन्छ। जसका लागि हामीलाई थुप्रै चिजले सहयोग गरिरहेका हुन्छन्।

शरीरका बेकार तत्वलाई बाहिर फाल्न हरियो प्याजले सहयोग गर्नसक्छ। किनकी यसमा एन्टीअक्सिडेन्टस र अल्फर भरपुर हुन्छ। र, यसले विषाक्त तत्वलाई खत्तम गर्ने एन्जाइमलाई सक्रिय गरिदिन्छ। हरियो प्याजको सेवनले कोलेस्ट्र कम हुन्छ। यसको सेवनले हर्टअट्याक र स्ट्रोकको जोखिम पनि कम हुन्छ। त्यसैले हामीले हाम्रो खानामा हरियो प्याजको प्रयोग गर्नु राम्रो मानिन्छ।

यस्तै हरियो धनिया पनि शरीरको विषाक्त तत्वलाई कम गर्न मद्दतगार हुन सक्छ। यसले लिभरको सफाइ गर्ने एन्जाइमलाई बढाउँछ।

यसले एन्टी फङ्‌गल, एन्टी सेप्टिक तत्व नोक्सानदायक पदार्थलाई सेल्सबाट टाढा राख्न सहयोग पुगाउँछ।
शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्नमा काक्रोले पनि टेवा पुर्याउँछ। काक्रोमा रहेको ९५ प्रतिशत पानीले पिसावको सहायताले खतरनाक केमिकल्स र एसिडिक पदार्थलाई बाहिर निकालिदिन्छ।

हामीले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा काक्रोलाई सलादको रुपमा प्रयोग गरेर पनि पुरा गर्न सक्छौं। यसको पानीले शरीरका आधि हानिकारक चिजलाई बाहिर निकाल्न मद्दत गर्नेगर्छ।

ओखरले पनि हाम्रो शरीरका बेकार चिजलाई बाहिर फाल्न मद्दत गर्छ। ओखरमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ। जसले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा रहेका विषाक्त चिजको सफाइ गर्छ। ओखरमा मेग्निसियम, बायोटिन र कपर हुन्छ। जसले क्यान्सर जस्ता बिरामी हुनबाट जोगाउँछ।

यसका अलावा सुर्यमुखीको बीउ पनि स्वास्थ्यका लागि दाभदायक हुन्छ। यसमा सेलेनियम केमिकल तथा भिटामिन- इ पाइन्छ। जसले लिभरको काम गर्ने क्षमता बढाउँछ।

यसले हाम्रो शरीमा बन्ने खराव कोलेस्ट्रोललाई पनि घटाउँछ। सुर्यमुखीको बीउमा मेग्निसियम हुने भएकाले यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग पर्याउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय