कोरोना संक्रमणबाट कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको मृत्यु

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोरोना संक्रमणबाट निधन भएको छ।

उपचारको क्रममा भारतको नयाँ दिल्लीमा आज बिहान ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

‘मेरा आदरणीय दाजु ‘निरुदा’को आज बिहान नयाँ दिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरू मर्माहत भएका छौं। म आफू आजबाट अभिभावक बिहीन भएको छु’, दाजुको निधन पश्चात शेखरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको उपचारमा संलग्न चिकित्सकहरूप्रति धन्यवाद दिँदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।’

तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रूपमा निरञ्जनले काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय