भारतमा ‘कोभिशिल्ड र ‘कोभ्याक्सिन’ पहिलो चरणमा ३ करोडलाई नि:शुल्क

भारतको नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) ले दुईवटा खोपको आपतकालीन प्रयोग अनुमति दिएको छ।

डिसिजिआईले सिरम इन्स्टिट्युटद्वारा भारतमा उत्पादित एस्ट्रेजेनेको ‘कोभिशिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ नामक खोप आपतकालीन उपयोगका लागि अनुमति दिएको हो।

डिजिसिआईका निदेशक विजी सोमानीका अनुसार १ र ३ जनवरीमा विज्ञ समूहले ती दुवै खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो। सोही अनुसार अनुमति दिइएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ।

कोभिशिल्ड खोप ७०.४३ प्रतिशत प्रभावी रहेको र दुवै खोप शतप्रतिशत सुरक्षित रहेको डिसिजिआईले दाबी गरेको छ।

अब भारतका नागरिकमा खोप लगाइने छ। डिसिजिआईको यो निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बधाई दिएका छन्।

भारतीय स्वास्थ्यमन्त्री डा हर्षवर्द्धनले पहिलो चरणमा ३ करोडलाई नि:शुल्क खोप दिइने घोषणा गरिसकेका छन्। त्यसपछि २७ करोडलाई खोप लगाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय