कोरोनाको तेस्रो लहर अनियन्त्रित भएपछि टोकियोमा स्वास्थ्य आपतकालको माग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १९ गते १०:२९

टोकियोका गभर्नरले यूरिको कोइकीले कोभिड(१९ नियन्त्रणका लागि आपतकालिन अवस्था घोषणाका निम्ति अनुमति दिन जापानको केन्द्रीय सरकारसँग माग गरेकी छन्।

जापानले कोभिडको तेस्रो लहरको सामना गरिरहेको र संक्रमित बढिरहेकाले संक्रमण नियन्त्रणका लागि यस्तो कम चाल्नुपर्ने उनको राय छ।

गभर्नर कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरसँग मिलेर कोभिड नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेकी थिइन्।

भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेकी थिइन्।

जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए।

यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएकी छन्।

टोकियो र तीन छिमेकी प्रान्तहरुमा भएको सङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दोलनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,ु उनले भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय