भारतमा उत्पादित कोरोना खोप आपतकालीन प्रयोग गर्न सहमति

भारतमा बायोटेकले विकास गरेको कोभिड(१९ विरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमतिका लागि सहमति दिइएको छ।

भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया, डिसिजिआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको खोप नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको हो।

भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरे अनुसार विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड(१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित खोप हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय