किर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १८ गते १८:४६

उपचारको क्रममा लापबाही भएको भन्दै बिरामीको आफन्तले कीर्तिपुर अस्पताल तोडफोड गरेका छन्।

चन्द्रागिरी घर भएकी सविना सुवेदी थापा शुक्रबार डेलिभरीको लागि अस्पताल भर्ना भएकी थिइन्। उनले जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले विरोध गर्दै अस्पताल तोडफोड गरेका हुन्।

अस्पतालकी मेडिकल डाइरेटर डा. निजिना ताम्राकारले हेल्थपोष्टसँगको कुराकानीमा अस्पतालको कुनै लापबाही नहुँदा पनि आफन्तले तोडफोड गरेको दाबी गरिन्।

३ बजेतिर हामीले डेलिभरी गर्न लागेका थियौं। बच्चा जन्मिने बेलामा बच्चाको घड्कन एक्कासि रोकियो,’ डा. ताम्राकारले भनिन्, ‘तुरुन्तै भिडियो एक्सरे गर्यो। बच्चाको धड्नक चलिरहेको थिएन। हामीले त्यतिबेलै आफन्तलाई जानकारी गराएका थियौुं, उनले भनिन्।

कहिँलेकाही डेलिभरी केसमा कुन कारणले बच्चाको मृत्यु भएको थाहा नहुने डा. ताम्राकारले बताइन्।

‘हामीले बच्चाको मृत्यु भएको जानकारी दिएका थियौं। तर, आफन्तले पटक—पटक अनुरोध गरेका कारण हामीले अप्रशेन गर्यौ,’ डा। ताम्रकारले भनिन्।
उनका अनुसार बच्चाको मृत्युपछि बिरामीको आफन्तले अस्पताल तोडफोड गरेका हुन्।

‘उहाँले इन्डोरका ऐनाहरू फुटाउनु भएको छ। अस्पताल पुरै अस्तव्यस्त बनाउने काम गर्नुभयो,’ उनले भनिन्, ‘उहाँहरूले अस्पतालमा अन्य बिरामी छन् कि छैनन् हेर्नुभएन। वार्डमा पनि क्षति भएको छ।’

अस्पताल तोडफोड गर्ने १७ जनालाई प्रहरीले कालिमाटी वृत्तमा लगेको छ। घटनाबारे दुवै पक्षबीच छलफल भएको डा. ताम्राकारले बताइन्।

‘आफन्त पक्षको कुरा सुनिरहेका छौं। अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भइरहेको छ,’ डा. ताम्राकारले भनिन्।

पीडितका आफन्तले डाक्टरको लापरबाहीले बच्चाको निधन भएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय