५ हजार पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजारको कोरोना पुष्टि गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयको अनुसार शनिबार थपिएका सहित नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ।

शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय