नेपालमै नयाँ किसिमको कोरोना भाइरस परीक्षण हुँदै

संयुक्त अधिराज्य (युके) मा फैलिएको नयाँ रूपको कोरोना भाइरस (भेरिएन्ट) विश्वका अधिकांश देशमा देखिसकेको छ।

यो प्रजातीको भारइरस हाम्रो छिमेकी देश भारतमा पनि देखिसेकको छ।

बेलायतबाट नेपाल आएका नागरिकमा नयाँ किसिमको भाइरस छकी भन्ने पुष्टि गर्नेका लागि जीन सिक्वेसिन्ङको काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

पुस १ गते यता नेपाल आएका १५० भन्दा बढीको पिसिआर परीक्षण गरी पोजेटिभ आएको जीन सिक्वेन्सिङको गर्ने काम भएको डा. गौतमले बताए।

बिहीबार बेलुका परीक्षणमा बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ।

‘कोरोना पुष्टि भएका सबैको नेपालको प्रयोगशालाबाट जीन सिक्वेसिन्ङ गर्ने काम भइरहेको छ,’ डा. गौतमले भने, ‘यहाँ पुष्टि भएमा फेरी परीक्षणका लागि बाहिर पठाइने छ।’

तर, डा. गौतमले कुन प्रयोगशालाबाट परीक्षण भएको स्पष्ट पारेनन्।

‘नेपालमा जिन गर्ने प्रयोगशाला छन्। रिर्पोट आएपछि थप कुरा आउनेछ,’ डा. गौतमले भने।

उनका अनुसार यहाँ गरिएको परीक्षणमा नयाँ भाइरसको संक्रमण पुष्टि भएमा थप कन्फम गर्नका लागि नमुना हङकन पठाइने छ।

जीन सिक्वेन्सिङको रिर्पोट आउन अझै २—४ दिन लाग्ने डा. गौतमले बताए।

नयाँ किसिमको भाइरसको पुष्टि भएको खण्डमा पनि उपचार, आइसोलेसन र क्वारेन्टाइन प्रक्रियामा फरक नपर्ने उनको भनाई छ।

‘कोभिड १९ को लागि पहिला जुन तयारी गरिरहेका थियौं। नयाँ किसिमको भाइरस आएको खण्डमा पनि त्यहि अनुसार व्यवस्थापन गर्ने हो,’ डा. गौतमले भने, ‘ यसले उपचार पद्धद्दतिमा कुनै फरक पार्दैन।’

बेलायत तथा अन्य संक्रमण पुष्टि भएका देशबाट आएका मानिसले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्ने डा. गौतमले आग्रह गरे।

‘संक्रमित ठाउँबाट आएका १४ दिन क्वारेन्टाइनमा बस्दा धेरै चिन्ता लिनु पर्दैन,’ डा. गौतमले भने, १० दिनपछि भाइरसले संक्रमण सार्न सक्दैन।’

कोभिड १९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो। यो भाइरसको लक्षण पनि कोभिडको जस्तै हुन्छ। तर, यसले संक्रमण सार्ने क्षमता भने अलि बढी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय