स्वास्थ्यकर्मी संघ त्रिवि शिक्षण अस्पतालको अध्यक्षमा राम कार्की

नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि शिक्षण अस्पतालको अध्यक्षमा राम कार्की निर्वाचित भएका छन्

स्वास्थ्यकर्मी सबैभन्दा पुरानो संस्था नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि शिक्षण अस्पताल नयाँ कार्यसमिति गठन भएको छ ।

समितिको अध्यक्षमा राम कार्की निर्वाचित भएका छन् ।

१९ सदस्यीय समितिको सचिवमा सुमित बोहोरा निर्वाचित भएका छन् ।

समितिको निवर्तमान अध्यक्ष परशुराम पन्त, उपाध्यक्ष कालिप्रसाद रोस्यारा, कोषाध्यक्ष प्रेमसुन्दर प्रधान, सदस्यहरुमा डा. मिलन रेग्मी, ममता रिजाल, गीता श्रेष्ठ, सुशील कुमार मण्डल, दुर्गा थपलिया, आरोहण खड्का र पारस खड्का निर्वाचित भएका छन् ।

केही रिक्त पदलाई केन्द्रीय कार्यसमितिले नियुक्ती गर्ने संघले इकाईले जनाएको छ ।

शुक्रबार केन्द्रीय महासचिव दिपक भट्ट र सचिव हर्क खड्काको उपस्थितिमा स्वास्थ्यकर्मीको एक भेलाले सर्वसम्मतिबाटै नयाँ समिति गठन गरेको थियो ।

महासचिव भट्टले महामारीका समयमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई समेत सरकारले प्रोत्शाहन गर्न नसकेको भन्दै पेशागत सुरक्षाका लागि २३ संगठन संयूक्त रुपमा आन्दोलनमा आएको बताए ।

भट्टले नयाँ समितिले त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको हकहितसँगै गुणस्तरीय सेवा प्रवाहका लागि प्रभावकारी भूमीका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीको पेशागत हकहितको सुरक्षा र प्रभावकारी सार्वजनिक स्वास्थ्य सेवा प्रवाहको एजेन्डालाई नयाँ कार्यसमितिले प्रथामिकता राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय