नेपालमा ४२६ संक्रमित थपिए, थप ८ को ज्यान गयो

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १७ गते १५:४६

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय २६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

सोही अवधिमा थप ७ सय ४८ जनाले कोरोना जितेका छन्। र, आजसम्म कोरोना जित्ने संक्रमितको कूल संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।

हाल देशभर ६ हजार ४८ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा थप ८ संक्रमितले ज्यान गुमाएका छन्। योसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ८ सय ६४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय