‘टरेकै हो कोरोनाको पहिलो संकट? भाइरस पनि कम्जोर भयो कि!’

नेपालमा कोरोना संक्रमणको पहिलो लहरको संकट टरेको विश्लेषण स्वास्थ्य अधिकारीले गरेका छन् ।

दसैं, तिहारजस्ता चाडपर्व र मंसिरको विवाह समय सकिँदा संक्रमण दर घट्नुका साथै अस्पतालका शैयासमेत खाली हुन थालेका छन् ।

यो आधारमा स्वास्थ्य अधिकारीले कोरोनाको पहिलो संकट टरेको निष्कर्ष निकालेका छन् ।

उनीहरुले संक्रमण दर घट्नुको प्रमुख कारण परीक्षणको सख्या कम हुनु प्रमुख कारण भएपनि भाइरसको प्रभाव पनि कम्जोर भएको समेत आंकलन गरेका छन् ।

भाइरोलोजिस्ट समेत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले दक्षीय एसियामै संक्रमण दर घटिरहेको देखिएको भन्दै यसको प्रमुख कारण भाइरस पनि कम्जोर भएको हुनसक्ने बताए ।

‘वृहत अनुसन्धान त गर्न सकिएको छैन्,’ उनले भने, ‘अन्य कारणसँगै समुदायमा एन्टीवडी विस्तार र भाइरस पनि कम्जोर भएर पनि संक्रमण घटेको हुनसक्छ’

उनले सेरोप्रिभ्यालेन्सले पनि उत्शाहवर्धक तथ्यांक देखाएको बताए । ‘हाम्रो सेरोप्रिभ्यालेन्सले १४ प्रतिशतमा एन्टिवडी बनिसकेको देखाउँछ, यस्तो अवस्थामा ३०–४० प्रतिशतसम्म एन्टिवडी बनिसकेको हुनसक्छ’ उनले भने ।

डा. पाण्डेका अनुसार पछिल्लादिनमा सडक प्रदर्शन र भीडभाड बढेको कारणले पुनः संक्रमण बढ्नसक्छ ।

उनले दसैंतिहार, छठजस्ता चाडपर्व र विवाहको मौसम मानिने मंसिर सकिँदा संक्रमणको ग्राफ माथि जाला भन्ने त्रासको समय पनि टरेको सुनाए ।

‘अब प्रदर्शनलगायतका कारण माघ अन्त्यतिर फेरी ग्राफ बढ्नसक्छ’ उनले भने ।

नेपालमा असोज अन्तिमा साता एकैदिनमा ५ हजार ७ सय जनामा नयाँ संक्रमण देखिएको थियो । संक्रमण दर पनि परीक्षणको ३३ प्रतिशतसम्म पुगेको थियो ।

मंसिर महिनाभर संक्रमण दर १५ देखि १७ प्रतिशतको हाराहारीमा थियो ।

पुस यता संक्रमण दर १० देखि १२ प्रतिशत हाराहारीमा कायम छ ।

एकैदिन १ लाख हाराहारीमा संक्रमित थपिएको भारतमा समेत अहिले संक्रमण दर कम भएको छ ।

डा. पाण्डेका अनुसार अहिले वेलायतमा देखिएको म्युटेसन भएको भाइरसको इन्फेक्टिभिटी बढेको भनिएकोले सोही भाइरस आउँदाको अवस्थालाई भने अहिल्यै अनुमान गर्न सकिन्न ।

नयाँ भाइरस एक वर्ष वा निश्चित समयमा म्युटेसन हुँदा स्वाभाविक प्रक्रिया हो ।

अहिले वेलायतमा देखिएको भनिएको भाइरसमा जिनमा सामान्य परिवर्तन भएको तर ‘सिफ्ट’नभएकोले बनिसकेका भ्याक्सिनको प्रभावकारितामा फरक नपर्ने विज्ञहरुले औल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय