राष्ट्रिय सभाका १ सांसद ५ कर्मचारीलाई कोरोना

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १७ गते १४:२५

राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको शुक्रबारदेखि सुरु हुन लागेको अधिवेशनको तयारी स्वारुप परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।

संसद् सचिवालयका अनुसार विहीबार ४१ सांसदसहित ९७ जनाको स्वाब संकलन गरिएको थियो ।

राष्ट्रिय सभाको अधिवेशन शुक्रबार अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ । सांसद र कर्मचारीमा संक्रमण देखिएपनि अधिवेशनमा भने प्रभाव नपर्ने सचिवालयले स्पष्ट गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय