कोरोना खोपको भण्डारणमा हेलचेक्रयाइँ गर्दा गुमाउनुपर्‍यो जागिर

५ सय भन्दा बढी कोभिडविरुद्धका खोपमा क्षति पुर्‍याएको आरोपमा अमेरिकाको विस्कनसिन राज्यको एक अस्पतालका फार्मासिस्टलाई पक्राउ गरिएको छ।

ती व्यक्तिले जानाजान फ्रिजबाट खोप निकालेर बिगारेको आरोप प्रहरी र अस्पताल प्रशासनले लगाएको छ।

अरोरा मेडिकल सेन्टरका फार्मासिस्टले ५७ भाइल खोप कोल्ड स्टोरमा नराखी बाहिरै राखेका थिए। उनलाई अस्पतालबाट निकालिएको छ।

एउटा भाइलमा १० वटा खोप रहेको थियो। लामो समयसम्म चिसो ठाउँमा नराखिएको खोप भाइरसविरुद्ध प्रभावकारी नहुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय