फाइजरको खोप सर्वसाधारणमा प्रयोग गर्न पहिलोपटक डब्लुएचओले दियो अनुमति

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १७ गते १४:११

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्ध फाइजर कम्पनीले बनाएको एआरएनए खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्लुएचओले विज्ञाप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

‘यो खोपको विश्वव्यापी पहुँच सुनिश्चित गर्न निकै महत्वपूर्ण चरण हो, विश्वव्यापी जनसंख्याको आवश्यकताका आधारमा प्रयाप्त खोप उत्पादनका लागि र वितरणका लागि एक भएर काम गर्नुपर्नेमा म जोड दिन्छु’ संगठनका सहायक निर्देशक डा. मारीएंगेला सिमियोले भने ।

उनले विश्व स्वास्थ्य संगठन सुरक्षित र प्रभावकारी खोपका लागि अन्य संस्थासँगसमेत काम गरिरहेको बताए ।

अनुमति प्राप्त फाइजरको खोप माइनस ६० देखि माइन ९० डिग्री सेल्सियसमा भण्डारण आवश्यक पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय