नेपालमा ५३४ संक्रमित थपिए, थप ९ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा थप ५ सय ३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार ३ सय ७८ रहेको छ।

सोही अवधिमा ४ सय ४७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको कूल संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९ संक्रमितको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमित संख्या १ हजार ८ सय ५६ पुगेको छ।

आजसम्म नेपालमा कूल २ लाख ६० हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published.