५११० जनाको कोरोना परीक्षण हुँदा ५११ मा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा ५ सय ११ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमण भेटिएको हो।

हाल सम्म नेपालमा कुल संक्रमितको संख्या १९ हजार २६ हजार ४ सय ७७ पुगेको छ।

बुधबार देशभर ६ हजार ३ सय सक्रिय संक्रमित छन्। जसमध्ये ३ हजार ४ सय ७७ संस्थागत र २ हजार ८ सय २३ होम आइसोलेनमा छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ मा ६ सय संक्रमण मुक्त भएका छन्। यो सँगै संक्रमितमुक्त हुने संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ।

पछिल्लो विवरण अनुसार थप ७ जनाको संक्रमणबाट मृत्यु भएको छ। मन्त्रालयको अनुसार मृत्यु हुने संख्या १ हजार ८ सय ४७ पुगेको छ।

आज ३ सय ६२ जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय