अक्सफोर्डको कोरोना खोप बेलायतमा स्वीकृत
अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग बेलायतले स्वीकृत गरेको छ।
द मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटोरी अथोरिटीले बेलायतमा खोप प्रयोग गर्न अनुमति दिएको हो।
यो खोप सामान्य रेफ्रिजिरेटरमा २ देखि ८ डिग्री सेल्सियस तापक्रमसम्म राख्न र सजिलै ढुवानी गर्न सकिन्छ।
पहिलो ब्याचको खोप बेलायतमै रहेको र मागअनुसार उत्पादन भइरहेको छ। बेलायतले १० करोड डोज खोप अर्डर गरेको छ भने ४० लाख खोप केही दिनमा उपलब्ध गराइने छ।
बेलायतले जोखिममा रहेकालाई नै पहिलो प्राथमिकतामा राखेको छ। चाहे त्यो खोप फाइजरको होस् या अक्सफोर्डको, जोखिममा रहेकाले पहिले पाउने प्रावधान बेलायतले बनाएको छ।
बेलायतले अब दोस्रो चरणको खोप लगाउने तयारी गरिरहेको छ।