अमेरिकामा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रकार
सुरुमा बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखा परेको छ।
अमेरिकाको कोलोराडो राज्यमा २० वर्षीय एक युवामा उक्त भाइरस फेला परेको हो। उनले तत्काल कुनै ठाउँको यात्रा गरेका थिएनन्।
तीव्र गतिमा फैलिन सक्ने भनिएको नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि अमेरिकामा उच्च सतर्कता अपनाइएको छ। उनको सम्पर्कमा रहेकाहरुको खोजी कार्य तीव्र पारिएको छ।
संक्रमण पुष्टि भएका युवालाई आइसोलेसनमा राखिएको छ। भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिइसकेको छ।
यो भाइरस पुरानोभन्दा धेरै संक्रामक रहेको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्।