स्वास्थ्य मन्त्रालयले भन्यो – संक्रमितको ठेगाना गलत हुँदा पहिचान गर्न कठिनाइ भयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने व्यक्तिको बसोबास गरिरहेको ठेगाना अनिवार्य रूपमा उल्लेख गर्न अनुरोध गरेको छ।

बुधबार मन्त्रालयले एक सुचना जारी गर्दै कोरोना परीक्षण गर्ने प्रयोगशाला र नुमना संकलन गर्ने सबैमा व्यक्तिको बसोबास गरिहेको ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ।

सो निर्णय आज बसेको सचिव स्तरको बैठकले गरेको हो। नमुना संकलन गर्ने क्रममा विभिन्न निकायलहरूले आ—आफ्नो तरिकाले व्यक्तिको ठेगाना उल्लेख गर्नाले संक्रमितलाई परिचान गर्न कठिन भइरहेको मन्त्रालयले जनाएको छ।

‘विभिन्न निकायलहरूले आ—आफ्नो तरिकाले व्यक्तिको ठेगाना उल्लेख गर्नाले व्यक्तिलाई परिचान गर्न र संक्रमण पुष्टि भएमा खोजी कार्य गर्नमा कठिनाई भएको छ,’ सुचनामा भनिएको छ, ‘संक्रमण पुष्टि भएमा सम्पर्कमा आएकाहरूको खोजी अनुसन्धान जाँचपडताल, स्थान विशेष पहिचान गरी गर्नुपर्ने लगायतका कामहरू गर्न कठिनाई भइरहेको छ।’

सबै निकायहरूले नमुना संकलन समयमा सम्बन्धित व्यक्तिको हालको बसोबासको ठेगाना उल्लेख गर्नुपर्ने र अन्यथा कुनै समस्या वा उजूरी पर्न आएका नियमानुसार कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय