जब मलाई कोरोनासँगै निमोनिया देखियो

विश्व कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारीले आक्रान्त छ। विश्वका करीब २ सय १३ देशमा फैलिएको कोरोना महामारी लाखौंले ज्यान गुमाएका छन्।

नेपालमा पुस १३ गतेसम्म २ लाख ५६ हजारमा संक्रमण देखिएको छ भने १ हजार ८ सयले ज्यान गुमाए।

कोभिड–१९ विरुद्ध लडेर निको हुनेको संख्या २ लाख ४६ हजार छ।

कोभिडले विश्वभर अतुलनीय मानवीय क्षति, आर्थिक समस्या, मानवको जीवनस्तरमा गम्भीर नकरात्मक असर पारेको छ।

सामान्यतया कोभिड–१९ को लक्षण रुघा लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो गराउने हुन्। तर, हरेक व्यक्तिमा फरक–पmरक लक्षण देखिने गरेको छ।

विश्वका स्वास्थ्य प्रणाली, स्वास्थ्य विज्ञ कोरोनाको प्रतिरोधात्मक, उपचारात्मक उपायमा प्रयासरत छन्।

कोभिड–१९ को उपचारका लागि हालसम्म कुनै औषधि छैन। तर, पनि विश्वका विभिन्न देशका वैज्ञानिकले लामो समय लगाएर, मानवीय वौद्धिकता, आधुनिक प्रविधि र पुँजी लगानी गरिरहेका छन्। विभिन्न देशका विभिन्न कम्पनीले कोभिड–१९ विरुद्ध खोप विकास गरी परीक्षण पश्चात प्रयोगमा ल्याएका छन्।

कोभिड–१९ बारे मेरो अनुभव
म एक स्वास्थ्यकर्मी हुँ। कामकै शिलशिलामा वा अन्य दैनिकी कामका बेला म संक्रमित हुन पुगे। तर, मलाई कसरी सर्यो भन्ने ठ्याक्कै यकीन गर्न सकिरहेको छैन।

कसैलाई लक्षणसहितको संक्रमण देखिने गरेको छ भने कसैलाई लक्षण देखिएको छैन। यसलाई हामी मेडिकल भाषामा ‘अस्यामटोमेटिक’ भन्छौ।

मलाई भने केही लक्षणसहितको संक्रमण देखियो। तर, सुरुका दिनमा सोचेभन्दा अलि फरक खालको लक्षण देखियो।

संक्रमणले रुघा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने गराउँछ भन्ने हाम्रो मानसिकता छ। मलाई सुरुको दुई दिनसम्म एकदमै निद्रा मात्र लाग्ने, बेलुकापख रिंगटा लाग्ने, शरीर जिरिङ्गजिरिङ्ग हुने समस्या देखियो।

मैले सोचे कतै कोभिड त होइन, यस्तो समस्या अरूमा सुनेको थिएन। साथी–सहकर्मीलाई जानकारी गराए। आफूलाई शंका लागेसँगै भौतिक दूरी कायम गरिरहे।

दुई दिनमा प्रश्चात म एउटा कार्यक्रममा जानु थियो। रिंगटासँगै टाउको दुख्ने समस्या थपियो। र, कार्यक्रममा नजाने निर्णय गरे।

तेस्रो दिनको बेलुकापख कोभिडसँग मिल्ले लक्षण देखिन थाल्यो। खान मिठो नहुने, आँखा दुख्ने र हल्का ज्वरो आएको महसुस गरे।

मैले अर्काे दिन चाँज गराउने निर्णय गरे। चौथो दिन लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब दिए। दिन भर कौतुहलता लागिरह्यो। बेलुका ४ बजे मोबाइलमा म्यासेज आयो ‘पोजेटिभ रिपोर्ट।’ म आइसोलेसनमा बसे केही दिन यता मसँग भेट भएकालाई मैले जानकारी गराए।

सबैको स्वास्थ्य अवस्था बुझ्दा केही समस्या नभएको जानकारी पाएँ। बहिनी पनि स्वास्थ्यकर्मी भएको र केही दिन मसँगै थिइन्। बहिनीको रिपोर्ट पनि पोजेटिभ आयो।

तर, बहिनीलाई लक्षण थिएन। हामीसँगै आइसोलेसनमा बस्यौं।

म आइसोलेसनमा बस्दा हल्का व्यायाम गर्थे। त्यतिखेर श्वास फेर्न अलि असहज महसुुस गरे।

दिनको २–३ पटक बाफ लिने गरे। अक्सिजन नाप्ने पल्स अक्जिमिटर मगाए। अक्सिजन लेभल जाँच गरिरहँदा त्यसमा अक्सिजन घटेको भने पाएन।

अर्को दिन छाती एक्सरे गरेर हेर्दा हल्का निमोनिया भएको देखियो। मैले सोचेको पनि थिएन यसरी केही दिनमै कोभिडले निमोनिया बनाउँछ भनेर।

त्यस दिनबाट आइभी लाइनबाट ऐन्टिबायोटिक औषधि चलाउने भन्ने डा.साप’को निर्णय बमोजिम पाँच दिनसम्म औषधि चलाइयो।

बहिनी पनिसँगै आइसोलेसमा भएकाले औषधि दिन केही समस्या भएन।

संक्रमित भएका बेला म खानपिन डाइटमा ध्यान दिए। पाँच दिन पश्चातको एक्सरे हेर्दा पहिलाभन्दा निमोनिया रिकभर भएको पाइयो।

अर्काे दिनबाट म ओरल ऐन्टिवायोटिकसँगै मल्टी भिटामिन पाँच दिनसम्म खाएँ।

मैले अक्सिजनको मात्रा दिनदिनै नापीरहे। तर, अक्सिजनको मात्रा भने घटेको पाएन।

१५ दिनपछि पुस १० गते जाँच गराउँदा मेरो र बहिनीको रिपोर्ट नेगेटिभ आयो।

अहिले कोभिड उपचारमा प्लाज्मा थेरापी गरिरहेको पाइन्छ। यदि कसैलाई उपचारार्थ प्लाज्मा थेरापी चाहिएमा म प्लाज्मा डोनेट गर्न तयार छु।

होम आइसोलेसनमा बस्दा के गर्ने ?

१. नआत्तिने।
२. खानपानमा ध्यान दिने।
३. चिकित्सक तथा स्वास्थ्यकर्मीकोे राय, सल्लाह लिने।
४. नियमित व्यायाम गर्ने।
५. खुल्ला कोठामा बस्ने।
६. समस्या अनुसार औषधि सेवन गर्ने, जस्तैः ज्वरो आए सिटामोल खाने।
७. दिनको २–३ पटक बाफ लिने, यसले टाउको दुखेको तथा श्वास फेर्न गाह्रो भएकोलाई सहज पारिदिन्छ।
८.झोलिलो खानेकुरा र तातोपानी प्रशस्त खाने। चिसो खानेकुरा कम गर्ने।
९.आइसोलेसन बस्दा मास्क लगाई नराख्ने।
१०.अन्य रोगको आक्रमण नहोस् भनेर चिकित्सकको सल्लाह बमोजिम केही दिन एन्टिबायोटिक खाने।
११.सम्भव भएसम्म पल्स अक्जिमिटरले दैनिक अक्सिजनको मात्रा लिने घटेको पाएमा स्वास्थ्यकर्मीलाई जानाकारी गराउने।
१२.केही समस्या आएमा तुरुन्त स्वास्थ्यकर्मी तथा चिकित्सकलाई जानकारी गराउने।

सामाजिक दृष्टिकोण

कोभिड–१९ बिरामीलाई सहयोग, स्याहार, खानपान तथा आरामको धेरै खाँचो पर्छ। अझै पनि कोभिडलाई लिएर समाजले हेर्ने दृष्टिकोण फरक छ।

कोरोना लाग्ने व्यक्तिलाई बहिष्कार गर्ने, असामाजिक व्यवहार गर्ने, उनीहरूलाई एक्लाउने जस्ता व्यवहार पनि यदाकदा सुनिएको पाइन्छ।

कोरोना नेगेटिभ रिपोर्ट आइसकेपछि उनीहरूको सामाजिकीकरणमा कुनै समस्या नहुनुपर्ने हो।

त्यस्ता नकारात्मक, सोच, चिन्तन, दृष्टिकोण हामीले परिर्वतन गर्न जरुरी देख्छु।

सबै मिलेर मात्र यसलाई परास्त गर्न सकिन्छ भन्ने सोचाइ राख्ने हो भने यसबाट सजिलै जित हासिल गर्न सकिन्छ।

(आचार्य हेल्थ असिष्टेन्ट हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय