एसिया प्यासिफिक क्षेत्रका सघन उपचार विशेषज्ञ समाजको महासचिवमा डा. सुवास आचार्य

नेपालका क्रिटिकल केयर विशेषज्ञ डा. सुवास प्रसाद आचार्य एसिया प्यासिफिक क्षेत्रका विशेषज्ञहरुको संस्था एसिया प्यासिफिक एशोसियसन अफ क्रिटिकल केयर मेडिसिन (एपिएसिसिएम)को महासचिवमा निर्वाचित भएको छन् ।

केही दिनअघि सम्पन्न साधारण सभाले नेपालका युवा विशेषज्ञ डा. आचार्यलाई महासचिव निर्वाचित गरेको हो । समितिको अध्यक्षमा भारतका चर्चित क्रिटिकल केयर स्पेसियालिस्ट डा. अतुल कुलकर्णी निर्वाचित भएका छन् ।

१९५० को दशकमै स्थापना भएको एपिएसिसिएममा यस क्षेत्रका २३ वटा सोसाइटीहरु सदस्य छन् ।

ती सोसाइटीका अध्यक्षहरु प्रेसिडेन्टल काउन्सिलका सदस्यहरु हुन्छन् । ती सदस्यहरुबा नेपालमा सन् २०१० मा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससिसिएम)को स्थापना भएको थियो ।

यसबीचमा एनएमसिसिएमले चिकित्सकसहित आइसियुमा कार्यरत नर्सलाईसमेत क्रिटिकल केयरसम्बन्धी तालिम दिँदै आएको छ ।

आचार्यले यो क्षेत्रकै विभिन्न विशेषज्ञ कन्फरेसन्स एवं तालिमहरुमा सहभागी हुदै आएका छन् ।

नेपालले सन् २०२० का लागि क्रिटिकल केयरसम्बन्धी विश्व सम्मेलन तय गरेको थियो ।

तर कोरोना महामारीका कारण सम्मेलन आगामी वर्षका लागि तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय