७ सय ८ कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ। तर, सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ९६ रहेको छ।
मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ।