लोकसेवा आयोगको विज्ञपनमा पदअनुसारको शैक्षिक योग्यता मिलेन, त्रुटी सच्याउन हानको ध्यानाकर्षण

प्रदेश लोकसेवा आयोग वागमतीले प्रकाशित गरेको विज्ञपनमा स्वास्थ्य सेवा तर्फका पदका लागि न्यूनतम शैक्षिक योग्यता कानुन सम्बत नदेखिएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले सच्याउन मा गरेको छ ।

हानका अध्यक्ष दाताराम अधिकारीले प्रदेश लोकसेवालाई पत्र लेखेर विभिन्न नम्बर र प्रकारका विज्ञापनमा त्रुटी औल्याएको छ ।

आयोगको छुट्टै प्रदेश ऐन बनाएर पद र योग्यता नतोकेको अवस्थामा स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५मा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने हानको भनाई छ ।

माथि उल्लेखित विज्ञापनमबाहेकमा पनि अन्य तह र पदको सोही ऐनअनुसार भएको देखिएको पनि हानले जनाएको छ ।

पत्रमा उल्लेख भएअनुसार हेल्थ इन्पेकसन समूह (२.१) पाँचौ तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उर्तिर्ण गरेको हुनुपर्ने र स्टाफ नर्स जनरल नर्सिङ/कम्युनिटी नर्सिङका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्ने कानूनी व्यवस्था छ ।

हेई पाँचौ तहको लागि सम्बन्धित स्वास्थ्य व्यवसायी ऐनको दितीय तहमा दर्ता भएको प्रमाणपत्र हुनुपर्छ ।

हानका अनुसार उल्लेखीत विज्ञपनमा सि.अ.हे.ब र सि. अ. न. मि पदहरुमा त्रुटी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय