आइओएमका पहिलो क्याम्पस प्रमुख डा.द्वारिकानाथ रेग्मीको निधन

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पहिलो क्याम्पस प्रमुख डा. द्वारिकानाथ रेग्मीको निधन भएको छ।

डा. रेग्मीको आइतबार निधन भएको हो।

स्वास्थ्य सेवा बिभागको लामो समयसम्म महानिर्देशक साथै  स्वास्थ्य मन्त्रालयमा सचिव समेत भएका थिए। स्वास्थ्य  सेवाबाट अबकास पछि लोक सेवा आयोगका सदस्य भएका थिए।

रेग्मी नेपाल चिकित्सक संघका आजीवन सदस्य हुन्।

त्यसका साथै जनस्वास्थ्य विज्ञ पनि हुन्। उनी लामो समय त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए।

डा. रेग्मीको  ९२ बर्षमा निधन भएकाे हाे।

डा. रेग्मीको निधनप्रति संघले समवेदना प्रकट गरेको छ। नेपालको चिकित्सा शिक्षा र जनस्वास्थ्यका क्षेत्रमा योगदान अतुलनीय रहेको संघले जनाएको छ।

‘इमान्दार, लगनशील र प्रतिष्ठित जनस्वास्थ्य विशेषज्ञलाई गुमाउन पुगेकोमा संघ मर्माहित भएको छ,’ समवेदनामा भनिएको छ, ‘यो दुःखद् घडीमा परिवार दिवंगत आत्माको चीरशान्तीको कामना गर्दछौँ।’

One thought on “आइओएमका पहिलो क्याम्पस प्रमुख डा.द्वारिकानाथ रेग्मीको निधन

  1. Rest in peace the most respected teacher among teachers and the Doctor of Doctors! Your teaching and care are now in every village of Nepal. We shall continue to heal the best possible way you taught! The light of health care you lighted will remain here even if you left us! Be comfortable by the side of Daiba in Baikuntha!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय