देशभर ६ सय ५९ संक्रमित थपिए, ७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको हो।

सोमबार देशभरबाट ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुने संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।

आज देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। आज थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या १ हजार ८ सय २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय