बुटवल कोरोना अस्पतालको आइसियुबाट बिरामी वेपत्ता

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष १३ गते १०:२०

बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना विरामी हराएका छन् ।

हराउने बुटवल १३ का ५५ वर्षिय पुरुष हुन । उनि गत बुधवार कोरोना देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका थिए ।

बिहान शौचालय जान्छु भनि निस्किएका ति बिरामी भागेको हुनसक्ने अस्पताल प्रशानसनको भनाई छ । ति बिरामीको मोबाइलको स्वीच अफ छ ।

आइतवार बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पताल बिरामी नभएको बिरामीको आफन्तको भनाई छ ।

यहाँका डाक्टर र सिस्टरहरूले मलाई मार्र्न भए, छिटो मलाई लिन आउ भन्दै हिजो साँझ उनले घरमा फोन गरेका थिए ।

सलानी दिदा सलानी सकिएपछि बन्द नगरिदिदा रगत बगेर ओछ्यान भिजेको उनले फोनमा भनेका थिए ।

बिरामी हराएपछि आज बिहान अस्पतालबाट बिरामीको मोबाइल कता हरायो नम्बर कति हो भन्दै बिरामीको श्रीमतीलाई फोन गरेका थिए ।

त्यस पश्चात बिरामीको श्रीमतीले अस्पतालबाट आएको फोनमा पटक पटक फोन गर्दा फोन नउठेपछि उनि अस्पताल पुगेकी थिइन ।

उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।

त्यसपछि मात्रै अस्पतालले आइसियुबाट बिरामी हराएको जानकारी उनलाई दिएका थिए ।

बिरामीकी श्रीमतीले बिरामीको फोन स्वीच अफ रहेको र घरमा पनि नगएको हुद्या खोजी गरिदिन आग्रह गरिन ।

अस्पतालकै लापरवाहीले गर्दा आफ्ना श्रीमान अस्पतालको आइसियुबाट हराएको उनले बताइन ।

ब्लड बैंक बुटवलका अनुसार ति बिरामीलाई उपचारको क्रममा एक पटक प्लाज्मा थेरापी गरिएको थियो भने पुनः आज फेरि अर्को एक पोका प्लाज्माको व्यवस्थापन गरि पठाउने तयारी गरिएको थियो ।

उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।

बिरामी शौचालय जाने भनि बिहान ५ बजेतिर निस्केर भागेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले बताए ।

विहान अध्यारोको समय हुँदा पछि लाग्दा लाग्दै दगुरेर भागेको जानकारी आफुले पाएको उनले बताए ।

अध्यारोको समय भयो, सिधै दौडेर भागेछन् डा गौतमले भने । आज डिस्चार्ज गर्ने तयारी थियो उनले भने, हामी बिरामीको खोजी गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय