आर्थिक अनुशासन र पारदर्शी खरिद स्वास्थ्यमन्त्री त्रिपाठीका प्राथमिकता, ब्रिफिङ नलिने

हेल्थपोस्ट नेपाल

नवनियुक्त स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले वितीय अनुशासन आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै त्यहीअनुसार काम गर्न स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको पदवहालीलगतै मातहतका उच्च अधिकारीलाई निर्देशन दिँदै त्रिपाठीले वितीय अनुशासनहीनतालाई कुनै हालतमा क्षमा दिन नसक्ने बताए ।

उनले आफू लामो समय संसदीय अभ्यासमा भिजेको भन्दै मन्त्री हुनु ‘काज’ मात्रै भएको टिप्पणीसमेत गरे ।

संसदभित्र पनि लामो समय सार्वजनिक लेखा समितिमा विताएको भन्दै उनले बेरुजु फर्च्यौटमा लाग्नसमेत निर्देशन दिए ।

अर्को प्रसंगमा त्रिपाठीले आफ्नो कार्यकालमा कुनै पनि खरिद पारदर्शी हुने दावी गरे । ‘मेरो कार्यकालमा यस्ता कुरामा सिग्नेचर त के, ओम पनि लेख्दिन, कसैलाई चोट परेपरोस्, अप्ठ्यारो परे परोस’ उनले भने ।

उनले आफूसँग का मगर्ने कर्मचारीले आफ्नो कम्पोजिसन बुझुन् भनेर नै सुरुमै स्पष्ट पारेको सुनाए ।

नयाँ मन्त्री आएपछि मन्त्रालय, विभाग, ठूलो अस्पताल एवं महाशाखाका कामबारे ब्रिफिङ गर्ने औपचारिकता पनि नगर्न निर्देशन दिए ।

‘मलाई बुलेटमा लेखेर पठाउँनुस् म बुझ्छुहोला, मुख्यगरेर चुनौती र मैले के गर्नुपर्छ लेखेर पठाउनुस्’ उनले भने ।

आफ्नो निजी र स्वाकीय सचिवालयलाई झ्यालको संज्ञा दिँदै त्यो बनाउँने कुरामा कसैको हस्तक्षप नसहने र नस्वीकार्ने समेत बताए ।

‘म यस्तो हस्तक्षेप सहन्न, जसको जे काम हो, त्यही काम गर्नुस्’ उनले भने ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *