स्वास्थ्य समायोजन समस्या समाधान गरेरै छाड्ने नवनियूक्त स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले स्वास्थ्यका कर्मचारीको समायोजन समस्या हल गर्ने प्रतिवद्धता गरेका छन् ।

संघीयतासँगै निजामति प्रशासनको समायोजन टुंगिइसकेपछि स्वास्थ्यको समायोजन जटिल बनिरहेको अवस्थामा मन्त्रीले यस्तो प्रतिवद्धता गरेका हुन् ।

मन्त्री त्रिपाठीले विभिन्न नाम र उपसमूहको महत्व र विशेषता नबुझी तह र श्रेणी हेरेर समायोजन गर्दा समस्या उत्पन्न भएको बताए ।

यसअघि सामान्य प्रशासन मन्त्रालयमा रहँदा दुई वटा प्रस्तावमार्फत ३ हजार भन्दा बढीको समायोजन समस्य टुंग्याएको भन्दै अझै ५ हजार जनाको समयोजन मिलाउँन वाँकी रहेको बताए ।

‘एउटा प्रस्तावमार्फत् २६ सयको र अर्को मार्फत करिव ५ सयको समायोजन हल गरेको थिएँ,’ उनले भने, ‘समायोजनमा सुधार्नपर्ने, सुधार्न योग्य त्रुटीहरु जसरी पनि हल गरिन्छ’ उनले भने ।

उनले सुरुमै समायोजन गर्दा केन्द्रलाई महत्व दिने मनोविज्ञान हावी भएको र त्यसैका कारणले झण्डै ४९ हजार दरवन्दी संघमा राखिएको समेत दावी गरे ।

समायोजनमा समस्यको जड विभिन्न उपसमूहहरु रहेको भन्दै मन्तव्य शुरुवात गरेको त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा विभिन्न समूह र उपसमूहबीच ‘निशेध’को अवस्था रहेको भए त्यसलाई तोड्न पनि आग्रह गरे ।

‘क्लिनिसियानले पब्लिक हेल्थलाई नगन्ने, प्रशासनले दुबैलाई नटेर्ने अवस्था छ भने आजै अन्त्य होस’ उनले भने ।

उनले त्यसलाई रोगको समेत संज्ञा दिए । यस्तै समस्या एलोप्याथी र आयुर्वेदबीचमा समेत रहेको भन्दै यो विभेद नहटेसम्म समस्या हल नहुने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय