नेपालमा ५ सय कोरोना संक्रमित थपिँए

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।

शनिबार थप ८ सय ४० संक्रमितले कोरोना जितेका छन्। योसँगै नेपालमा संक्रमण मुक्त हुने संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ।

आज देशभर सक्रिय संक्रमित संख्या ६ हजार ७ सय ४९ रहेको छ।

पछिल्लो २४ घन्टामा थप तीनजनाले ज्यान गुमाएका छन्। आजसम्म कोरोनबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार ८ सय १९ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ५ हजार ८ सय २६ जनाको पिसिआर परीक्षण भएको छ। हाल ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय