सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
विरेन्द्र सैनिक अस्पतालमा कार्यरत नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु भएको छ।
अस्पतालमा कार्यरत प्राविधिक सेनानी डा. खत्रीको अल्पआयुमै मृत्यु हो।
डा. खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममा हिजाे बिहान मृत्यु भएको समकक्षी डा. विपिन श्रेष्ठले हेल्थपोष्ट नेपाललाई बताए।
श्रेष्ठका अनुसार उनको मृत्यु मुटुको समस्या कारणले भएको हो। उनी आर्मी तथा बयोधा अस्पतालमा लामो समयदेखि कार्यरत थिए।
उनी सरकारी सेवा प्रवेश गरेको १५ वर्ष भएको थियो।
खत्रीको ४४ वर्षको उमेरमा मृत्यु भएको हो।
‘हामी सँगै सरकारी सेवामा प्रवेश गरेका हौं,’ डा. श्रेष्ठले भने, ‘उहाँ मिलनसार, सरल, सहयोगी हुनुहुन्थ्यो।’
उनको श्रीमति पनि चिकित्सक नै हुन्। खत्रीका एक छोरा र एक छोरी छन्।