स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, भानुभक्तलाई पर्यटन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्।

ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ह्दयेश त्रिपाठीलाई दिएका छन् ।

भानुभक्त ढकाललाई स्वास्थ्यबाट पर्यटन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ।

त्रिपाठी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए ।

महामारी नियन्त्रण तथा व्यवस्थापनमा असफल भएका ढकाललाई उनले पर्यटनको जिम्मेवारी दिएका हुन ।

ढकाललाई ओम्नी खरिद प्रक्रियामा दोसी देखिएको भन्दै छानविनगरी कारवाही चलाउन संसदको लेखा समितिले अख्तियारलाई लेखि पठाएको थियो ।

सुरुमा कानूनमन्त्री रहेका ढकाललाई एक वर्षअघि मात्रै स्वास्थ्यको जिम्मेवारी दिएको थियो ।

औसतभन्दा कम्जोर परफरमेन्स भएपनि प्रधानमन्त्री निकट भएकै कारण ढकालले मन्त्रीमण्डलबाट बाहिरिनु परेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय