प्रदेश सरकारले माग्यो करारको लागि ९६ जना स्वास्थ्यकर्मी

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले करारमा ९६ जनालाई नियुक्त गर्ने भएको छ।

जसमध्ये ७७ जना विद्यालय नर्स छन्।

स्वास्थ्य निर्देशनालयले प्रदेश १ धनकुटा मातहतका निकाय,अस्पताल तथा कार्यलयहरूको लागि आवश्यक पर्ने स्वास्थ्य सेवाका लागि कर्मचारी माग गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले करारमा विद्यालय नर्स ७७ जना, डेन्टल सर्जन १, आयुर्वेद चिकित्सक ५, होमियोप्याथिक चिकित्सक ३ र मेडिकल ल्याब टेक्नोलोजिष्ट १० जना गरि ९६ जनालाई करारमा नियुक्त गर्न लागेको हो।

सुचना जारी भएको १५ दिनभित्रमा दरखास्त फारम पेश गरिसक्नुपर्ने छ।

निर्देशनालयले लिखित र अन्तर्वार्ता परीक्षाका आधारमा उनीहरुलाई करारमा नियुक्त गर्ने जनाएको छ।

सेवा करार अवधि २०७८ असार मसान्त सम्म हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय