नेपालमा ६०८ संक्रमित थपिँदा ८९२ ले कोरोना जिते

हेल्थपोस्ट नेपाल

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

हालसम्म नेपालमा कूल संक्रमित संख्या २ लाख ५७ हजार २ सय पुगेको छ। र, हाल देशमा ७ हजार ९२ जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै आज ८ सय ९२ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको कूल संख्या २ लाख ४८ हजार २ सय ९२ रहेको छ।

यो कूल संक्रमित मध्ये निको हुने ९६.५ प्रतिशत हो। सार्क राष्ट्रमा कोरोना मुक्त हुने दरमा नेपाल पहिलो स्थानमा छ।

आज थप आठ संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कूल संख्या १ हजार ८ सय १६ पुगेको छ।

हाल ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन्।



Leave a Reply

Your email address will not be published.