मेडिकल काउन्सिलको चेतावनी – १२ जना डाक्टर प्रमाणसहित ३० दिनमा उपस्थित हुनु, नत्र कारबाही गछौ

१२ जना चिकित्सकलाई प्रमाणसहित उपस्थित हुन नेपाल मेडिकल काउन्सिलले निर्देशन दिएको छ।

आज एक सुचना जारी गर्दै काउन्सिलले उनीहरूको शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको सक्कलै प्रमाणसहित उपस्थित निर्देशन दिएको हो।

जनकपुरकी डा प्रेक्षा साह, महोत्तरीका डा रोशनकुमार शाह, पर्साका डा शशिकान्त चौधरी, बाराका डा प्रतिमाकुमारी यादव, पर्साका डा धनंजयकुमार माली, उदयपुरका डा रजनिश खड्का, रौतहकी डा विनिता सिंह, डा पुष्करकुमार तिवारी, महोत्तरीका डा सिताराम सिंह कुशवाहा, डा कविता सिंह, सिरहाका डा दिपककुमार शर्मा र रौतहटका डा अजयकुमार अस्थानालाई बोलाएको हो।

काउन्सिलले काउन्सिल ऐन, २०२० को दफा १३ मा भएको व्यवस्था अनुसार दर्ता किताबको अभिलेख अध्यावधिक गर्न उनीहरुलाई प्रमाणसहित बोलाएको हो।

उनीहरुलाई तीस दिनभित्र काउन्सिलमा उपस्थित हुन भनेको छ। यो अवधिमा उपस्थित नभए कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले जनाएको छ।

‘चिकित्सकहरूको सम्पुर्ण शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको प्रमाण पत्र लिई सुचना जारी भएको ३० दिन भित्रमा काउन्सिलमा सम्पर्क गर्नु्होला,’ सुचनामा भनिएको छ, ‘उक्त समयसम्म सम्पर्कमा नआएमा नियमानुसार कारबाही अगाडी बनाइने छ।’

उनीहरुलाई काउन्सिलले यसअघि ०७६ फागुन २७ गते पत्र र फोन मार्फत जानकारी गराएको थियो। तर हालसम्म पनि उनीहरु प्रमाणसहित काउन्सिलमा नपुगेपछि सार्वजनिक सूचना जारी गरेको काउन्सिलले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय