नरिवलको तेल ‘विशुद्ध विष’

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष ९ गते १८:०७

नरिवलको तेललाई स्वास्थ्यका दृष्टिबाट लाभदायक मानिए पनि हार्वर्ड विश्वविद्यालयका एक प्राध्यापकले यस मान्यतालाई चुनौति दिएका छन्।

हार्वर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका प्राडा करिन मिचेलले नरिवलको तेलले स्वास्थ्यमा ‘विशुद्ध विष’ को काम गर्ने दाबी गरेका हुन्।

फ्रिबर्ग विश्वविद्यालयमा ‘कोकोनट आयल एन्ड अदर न्युट्रिसनल यरर्स’ शीर्षकमा मन्तव्य दिँदै मिचेलले नरिवलको तेलमा हुने ‘स्याचुरेटेड  फ्याट्टी एसिड’ ले शरीरमा हानिकारक प्रभाव सिर्जना गर्ने भन्दै उक्त तेललाई सबैभन्दा खराब खाद्यपदार्थको संज्ञा दिए।

हुन् त गत वर्ष अमेरिकन हार्ट एसोसिएसनले नरिवलको तेलमा पाइने स्याचुरेटेड फ्याट्टी एसिडबारे मार्गनिर्देशनलाई परिमार्जन गर्दै मुटुरोगको जोखिम कम गर्न आफ्नाे आहारमा स्याचुरेटेड फ्याटलाई अनस्याचुरेटेड  फ्याटद्वारा प्रतिस्थापन गर्न उपभोक्तालाई सुझाव दिएको थियो।

‘नरिवलको तेल उपभोग पशुपन्छीको बोसोको उपभोगजस्तै बढी हानिकारक हुन्छ,’ डाक्टर मिचेलको भनाइलाई विजनेश इन्साइडरले उल्लेख गरेको छ।

हार्ट एसोसिएसनले अधिक ‘स्याचुरेटेड फ्याट’ उपभोगले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रामा वृद्धि गराई भविष्यमा मुटुसम्बन्धी रोगको जोखिम बढाउने जनाएको छ।

एसोसिएसनका अनुसार नरिवलको तेलजस्तै बढी स्याचुरेटेड फ्याट हुने अन्य खाद्यपदार्थमा बटर, कडा चीज, घ्यु र ससेजलगायत पर्छन्।

माछाको तेल, बदाम, गेडागुडी, विभिन्न तरकारीको तेल र एभोकाडोलगायतमा अनस्याचुरेटेड फ्याटको मात्रा धेरै हुने एसोसिएसनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय