थप ६ सय २४ जनामा कोरोना पुष्टि, मृत्यु हुने संख्या १ हजार ८ सय नाघ्यो
पछिल्लो २४ घन्टामा ६ सय २४ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको हाे।
बिहिबार देशभर ७ हजार ३ सय ८४ जना सक्रिय केश रहेका छन्।
मन्त्रालयका अनुसार आज ७ सय ३९ जना संक्रमण मुक्त भएका छन्।
यो सँगै नेपालमा संक्रमण मुक्त हुने संख्या २ लाख ४७ हजार ७ सय पुगेको छ।
कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा संक्रमणबाट १ हजार ८ सय ८ जनाको मृत्यु भएको छ।
आज देशभर चार सय जना क्वारेन्टाइनमा छन्।