भाइरसको परिवर्तित रुपसँगै खोपको असर के होला?

बेलायतमा नयाँ प्रजातिको सार्स कोभ–२ फेला परेको छ। जसले १४ सयभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ।

गत सेप्टेम्बर महिनादेखि मानिसमा फरक प्रजातिको कोरोना संक्रमण भइरहेको वैज्ञानिकले बताएका छन्।

सार्स कोभ–२ जसले कोभिड–१९ गराउँछ। उक्त भाइरसले छिटो–छिटो आफ्नो रुप परिवर्तन गरिरहेको छ।

कस्तो खालको सार्स कोभ–२ म्युट्यान्ट उत्पन्न भयो?

नयाँ भाइरसको नाम बि.१.१.७ राखिएको छ। जुन बेलायतमा फैलिरहेको छ। र, अन्यत्र फैलने क्रम पनि बढ्दो छ।

पुरानो र नयाँ भाइरसबीचको भिन्नतामा भाइरसको आनुवंशिक कोडमा २३ वटा म्युटेशन समावेश छन्। जसले चार भाइरल प्रोटिनलाई परिवर्तन गर्दछ।

२३ वटा म्युटेशन मध्ये ८ वटाले स्पाइक प्रोटिनलाई असर गर्छ।

स्पाइक प्रोटिनले मानव शरीरमा सजिलै छिर्न मद्दत गर्छ।

यसले मानिसको रोगसँग लड्ने क्षमता (इम्युन सिस्टम)लाई पनि असर गर्छ भने शरीको रोगसँग बचाउने शक्तिमा असर गर्छ।

यदि स्पाइक प्रोटिन परिवर्तन भयो भने भाइरस मानव शरीरमा सजिलै छिर्छ। र, मानिसबाट मानिसमा सर्न तयार हुन्छ।

यी उत्परिवर्तनले उक्त व्यक्तिको रोगसँग लड्ने क्षमता कस्तो छ भन्नेमा भर पर्दछ र नयाँ खोपको प्रभावकारीता कम हुँदै जाने पनि देखिन्छ।

नयाँ खालको सार्स कोभ–२ मा के भिन्नता छ?

विरामीको स्याम्पल टेस्ट गर्दा यी तीन महिनामा भाइरसको फैलावट हुने शक्ति बढ्दै गइरहेको छ।

यसको फैलावटका बारे अझै पनि पुष्टि भैसकेको छैन तर, पुरानो भाइरसभन्दा नयाँ भाइरस बि.१.१.७ धेरै फैलन सक्दछ।

कतिले पुरानो भाइरसभन्दा नयाँ भाइरस ७० प्रतिशत बढी फैलन सक्ने अनुमान गरिएको छ। तर, यसैलाई निश्कर्ष मान्न भने सकिँदैन।

यदि धेरै फैलिन सक्ने कुरा पुष्टि भयो भने यसको कारण भाइरसको म्युटेशन स्पाइक प्रोटिन भएको हो र यसले सजिलै भाइरसलाई मानव शरीरमा प्रवेश गराउँदछ।

भाइरस किन धेरै खतरनाक छ?

यदि यो भाइरस धेरै फैलिन सक्छ भने यो एकदम खतरनाक छ। किनकी यसले धेरै मानिसलाई विरामी बनाउन सक्छ।

तर, यो भाइरसले धेरै असर गर्छ की गर्दैन भन्नेमा थोरै केसलाई हेरेर भन्न सकिँदैन।

फाइजर र मोर्डना खोपले नयाँ भाइरसका लागि पनि काम गर्ला त?

फाइजर र मोर्डना खोप दुवै रोगसँग लड्न सक्ने क्षमतालाई बृद्धि गर्न र स्पाइक प्रोटिनलाई पहिचान गर्नका लागि बनाइएको हो।

यो खोप पुरानो भाइरसलाई अंगित गरेर बनाइएको छ। त्यसैले नयाँ भाइरसका लागि यो त्यति उपयुक्त नहुन सक्छ।

खोप र भाइरसको बेमेल वैज्ञानिकका लागि एकदमै चुनौती भइरहेको छ। खोप र भाइरसको बेमेलका कारण पनि भाइरसको रुप परिवर्तन भइरहेको छ जस कारण रोगको गाम्भीर्यता बढ्दै छ।

नयाँ भाइरसका लागि खोप कतिको प्रभावकारी हुन्छ भनेर यसको अध्ययन नै गर्न जरुरी छ। तर, अहिले नै भन्न सकिने अवस्था छैन।

के मानिसले यो खोप लगाइराख्न जारी गर्ने कि नगर्ने?

नयाँ भाइरसको आगमनसँगै खोप जति सक्दो चाँडो लगाउनुपर्ने आवश्यक देखिएको छ।

यदि नयाँ भाइरस धेरै फैलन सक्छ, वा खोप–भाइरस को विमेल भइरहेको अवस्थामा मानिसको रोगसँग लड्न सक्ने क्षमता अभिवृद्धि गराउन सकेसम्म चाँडो खोप लगाउन जरुरी छ।

स्पाइक प्रोटिन छोटो समयमै रुप परिवर्तन गर्न सक्छ भन्ने प्रष्ट भइसकेको छ। त्यसैले भाइरसलाई नियन्त्रणमा लिनका लागि खोपलाई छिटो लगाउन जरुरी छ, नत्र यसको असर नहुन सक्छ।

द कन्र्भसेसनबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय