डा. विकास गौचन गण्डकी प्रदेशको सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त
गण्डकी प्रदेशको सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्।
गण्डकी प्रदेशअन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त भएका हुन् ।
सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा ५०शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो।
सोही अनुसार उनी खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन्।
यसअघि उनी अछामको बयालपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशकको रुपमा कार्यरत थिए।
बयालपाटा अस्पतालमा डा. गौचनले १० वर्ष काम गरेका छन्।