पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौं उपत्यका र दिउँसो तराईमा हुस्सु लागेको छ।

पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनले दिउँसो भने विस्तारै हुस्सु हटेर घाम लाग्ने बताइन्।

हाल गण्डकी, वागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

प्रदेश नं १ र वागमती प्रदेशका पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय