पिसिआर नेगेटिभ हुँदा बेपरवाह नबनौं, पोजेटिभ हुँदैमा नआत्तिऔं

विश्व एक वर्षदेखि कोरोना महामारीको सामना गरिरहेको छ । एक वर्षको अवधिमा यसको परीक्षणमा विभिन्न विधि अपनाइरहिएको छ ।

नेपालमा पनि अहिले थुपै प्रयोगशालामा परीक्षण हुन्छ । परीक्षणमा विस्तारसँगै यसको रिपोर्टलाई लिएर सन्देह गर्ने र वहस समेत भइरहेको छ ।

परीक्षणका तरीका, रिपोर्टमा हुनसक्ने त्रुटी र नतिजाका आधारमा भाइरसको अवस्थालगायतका विषयमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका प्याथोलोजी विभाग प्रमुख प्रा.डा. सन्तोष उपाध्याय काफ्लेसँग हेल्थपोष्टकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीः

हाल कोरोना परीक्षण गर्दा प्रयोगशालापिच्छे फरक रिपोर्ट आयो भनेर सुनिएको छ, कसरी प्रयोगशाला फरक पर्दा रिपोर्ट पनि फरक आउछ ?

अधिकांश सर्वसाधारको मतिष्कमा यो प्रश्न एवं शंकाले घर बनाइसकेको छ। सर्वसाधारणले कोरोनालाई गम्भीर रुपमा नलिनुको एउटा प्रमुख कारण यो पनि हो । साधारण भाषामा स्वाब लिँदादेखि नै यस्तो त्रुटी हुनसक्छ, जसले रिपोर्टमा फरक पारोस ।

प्रमुख त स्वाब लिँदाको त्रुटीले गर्दा नै रिर्पोटमा फरक पार्छ । स्वाब कसरी संकलन भएको छ, त्यसैको आधारमा मेसिनले रिर्पोट देखाएको हुन्छ।

मेसिनको भन्दा पनि स्वाब कलेक्सन गर्नेको त्रुटीले गर्दा यस्तो रिर्पोट आउने गर्छ।े के मेसिनले त जे देख्छ त्यहि रिर्पोटमा आउने हो। पिसीआर परिक्षण भनेरको शरीरमा भाइरस छ कि छैन् भनेर मात्र भन्ने हो।

कतिपय संक्रमितहरु लामो समयसम्म परीक्षण गर्दा पटकपटक पोजेटिभ देखिएका हुन्छन् । किन यस्तो हुन्छ ?

पिसीआर शरीरमा कोरोना भाइरस छ कि छैन् भनेर मात्र देखाउने मेसिन हो। यसले भाइरस सक्रिय छ वा निस्क्रय जे भएपनि पोजेटिभ देखाउँछ।

त्यसैले कोरोना संक्रमित भएर १४ दिन आइसोलेसनमा बसिसकेपछि पनि कोरोना पोजेटिभ आएको खण्डमा भाइरस छ तर निष्किय वा मरेको भन्ने बुझ्न सकिन्छ। अहिले यहि समस्याका कारण एन्जिवडी टेस्ट गर्ने गरिएको छ ।

एन्टीबडी भनेको के हो?

एन्टीबडी रगतको परीक्षण हो । जसमा कोरोना संक्रमितको रगतमा हुने आइजिएम र आइजिजी भन्ने तत्व हेरिन्छ । यसले शरीरमा रोग प्रतिरोधी क्षमता (इम्युनिटीपावर) बृद्धि गर्नको लागि उत्पन्न भएको भनेर बु्झनु्पर्छ।

यदि आइजिएम बढेको छ र साथसाथै आइजिजी पनि बढेको छ भने त्यो व्यक्तिको शरीरमा रोग प्रतिरोर्धात्मक क्षमता बढी छ। त्यसले सजिलै रोगलाई जित्न सकिन्छ भन्ने बुझन सकिन्छ। आइजिएम र आइजिजि कम छ भने त्यो व्यक्तिको शरीर प्रतिरोधी क्षमता कम रहेछ भन्ने बुझन सकिन्छ।

अहिलेसम्म कति जनामा कोरोना विरूद्धको एन्टिबडी विकास भइसक्यो भन्ने तथ्यांक सार्वजनिक गरिएको छैन। अहिले प्रयोग भइरहेको ¥यापिड टेस्ट किटले आइजिएम र आइजिजी गरी दुई प्रकारको एन्टिबडी देखाउने गर्छ।

कोरोनाको संक्रमण भएपछि आइजिएम सामान्यतया आठदेखि दश दिनमा विकसित हुन्छ भने आइजिजी दुई हप्तापछि देखिन सुरू हुन्छ।

एन्टीबडी परीक्षणले बिरामीको मन ढुक्क पार्न महत्वपूर्ण हुनेरहेछ !
एन्टीबडी परीक्षणले बिरामीको शरीरको स्थिती खराब छ कि सुधार हुर्दै छ भनेर थाहा पाउन सकिन्छ। यसले गर्दा त्यहीअनुसारको उपचार गर्न चिकित्सकलाई सहज हुन्छ।

बिरामीको एन्टीबडीको अवस्था हेरेर बिरामीलाई उपचार भएपछि अरुभन्दा चाडै निको हुने सम्भावना देखिन्छ। यो पिसीआर र एन्टिजेन परिक्षण भन्दा पनि विश्वासिलो टेस्ट मानिन्छ।

एन्टीबडी परीक्षण कुन बेला गर्दा उपयुक्त हुन्छ?

यो जुनसुकै बिरामीमा गर्दा हुन्छ। यसले बिरामीको रोगसँग लड्ने क्षमता कति छ भनेर देखाउने हो। यो टेस्ट अरु बेलामा पनि गरिन्थ्यो। तर अहिले मात्र चर्चामा आएको हो। एन्टिबडी टेस्ट गर्दा शरीरको व्यक्तिमा रोगसँग लड्ने क्षमताको बृद्धी भएको छ भने उसको शरीरमा भाइरस छ भनेर बुझ्न सकिन्छ।

अहिलेका नयाँ नयाँ केस यदि लक्षण छ पिसीआरमा कोरोना नेगेटिभ देखाएको छ। गाह्रो भइरहेको छ भने एकचोटी एन्टीबडी टेस्ट गराउदा राम्रो हुन्छ।

अहिले कोरोनाको रिर्पोट नेगेटिभ आएपनि पोजेटिभ आएपनि सर्तक भएर बस्नुपर्ने अवस्था छ। नेगेटिभ आयो भनेर ढुक्क नहुनु र पोजेटिभ भयो भनेर नआत्तिनु।

सरकारले सकिन्छ भने देशका सबै जनताहरुको एन्टीबडी जाँच गराउनुपर्छ। एन्टीबडी जचाँएको खण्डमा शरीरको अवस्था हेरेर थाहा पाउन सकिन्छ कि कोरोनाको अवस्था के छ नेपालमा।

आरडिटी, पिसीआर, एन्टिजेन भन्दा एन्टीबडी टेस्ट भरपर्दो देखिन्छ। अहिलेसम्मको परिक्षण विधिहरु मध्ये प्रभावकारी देखिएको छ।

एन्टिजेन परीक्षण चाँही कस्तो अवस्थामा गरिन्छ । यो कति भरपर्दो छ?

पिसीआर र एन्टिबडी भन्दा कम प्रभावकारी देखिन्छ। टेस्टकीटले संक्रमित भएपछि शरीरमा विकास हुने एन्टिबडी पत्ता लगाउने मात्र नभइ पिसिआरले जस्तै जीवाणु छ र छैन भनेर देखाएको हुन्छ।

एन्टिजेन टेस्टलाई ¥यापिड टेस्टकिट पनि भनिन्छ। यो परीक्षण द्रुत नतिजा दिने र जहाँ पनि सहज रूपमा प्रयोग गर्न मिल्छ । पिसिआर भन्दा सस्तो पनि हुन्छ।

पिसिआरको लागि समय, ठाउँ र तालिम प्राप्त जनशक्ति चाहिने हुन्छ। यसलाई पदैन्।

तर यसले पहिचान गर्ने स्तर अलि कम हुने अथवा नेगेटिभ देखिँदैमा कोरोना छैन भनेर ढुक्क हुन् नसक्ने भएकोले पिसिआर गरेर मात्र निश्चित गर्नुपर्ने हुन्छ।

कोरोना भाइरसले जाडोमा बढी दुःख दिन्छ, भन्ने आम बुझाईमा कत्तिको सत्यता छ ?

विश्वभर कोरोनाले देखाउने लक्षण र भाइरको आक्रमण गर्ने तरिका फरक भएको देखिन्छ। एकदम नयाँ भाइरस भएका कारण विश्वमा यसको अनुसन्धान भइरहेको छ। अनुसन्धानका आधार नयाँनयाँ परिक्षण गराउने माध्यमहरु आइरहेका छन्।

सुरुमा कोरोना भाइरसले जाडोमा धेरै असर गर्छ भनेका थिए विज्ञहरुले। तर अहिले कोरोना अफ्रिका र अमेरिकामा पनि कोरोना छ । त्यसैले भाइरसको बारेमा कुनै पनि अनु्सन्धान यसको कुन मौसमा, कुन उमेर समुहमा कति असर गर्छ भन्ने थाहा नभएको देखिन्छ।

त्यसैले नेपालमा कोरोना केही होइन् वा कोरोना अब छैन्, कम भयो भनेर बेपरवाह भएर बाहिर नहिड्न अनुरोध गर्दछु ।

कोरोनाको संक्रमित कम देखिएपनि कोरोना भाइरस भने कम भएको जस्तो लाग्दैन्। त्यसैले सबैले स्वास्थ्य मापदण्ड अपनाइकन आफ्नो दैनिकी कार्यभार समाल्न्पर्छ । साथै अहिले जीवनयापन गर्नको लागि जसरी गाँस, बाँस, कपास महत्वपूर्ण छ।

त्यस्तै, मास्क स्यानिटाइजर वा साबुन पानी र भौतिक दूरी पनि महत्वपूर्ण बनेको छ। अधिकाशंले स्वास्थ्य मापदण्ड पुरा गरेको देखिन्छ। त्यो देख्दा एकदम खुसी महसुस हुन्छ।

अनुसन्धानले अन्तिम चरणसम्म पुगेको छैन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय