भीम अस्पतालमा पहिलोपटक टोटल एब्डोमिनल हिस्टेरेक्टोमी अपरेशन

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ पुष ९ गते १०:२६

भैरहवास्थित भीम अस्पतालमा पहिलो पटक टोटल एब्डोमिनल हिस्टेरेक्टोमी मेजर सर्जरी (टीएच) नामक शल्यक्रिया (अपरेशन) गरिएको छ ।

अस्पतालका अनुसार ५२ वर्षिय भैरहवाको बर्मेलीटोल निवासी महिलाको डी. युबी–ननरेसपोन्सिभ टु नरमल थेरापीको लागि शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताको नेतृत्वमा डा. शैलजा घिमिरे, डा. भुवन ओझा, डा. सुमित प्रजापति र एनेस्थेसिया डा. सेमन्त दाहाल तथा नर्सिङ र पारामेडिक्स टोलीले शल्यक्रिया गरेका हुन् । शल्यक्रिया पूर्ण रुपमा सफल भएको अस्पताल प्रशासनले जनाएको छ ।

शल्यक्रिया गरिएको विरामीको पूर्ण रुपमा होस आइ क्याबिनमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । शल्यक्रिया सफल हुनु भीम अस्पतालका लागि ऐतिहासिक काम भएको मेसु डा. गुप्ताले बताइन् । आगामी दिनमा भीम अस्पतालले यो सेवालाई बिस्तार गरी संचालन गर्ने योजना बनाएको उनले बताइन् ।

चिकित्सकका अनुसार टीएचमा विशेष रुपमा पूर्णतया महिलाको पाठेघर निकालिन्छ । यो शल्यक्रियामा महिलाको तल्लो पेटमा इन्सिजन दिएर पाठेघर निकालिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय